एपीएफको महिला भलिबल टोलीमाथि बढ्दो चुनौती

नेपाल खबर

काठमाडाैं

घरेलु प्रतियोगिताहरुमा महिला फुटबल होस् कि महिला भलिबल दुवैमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब अब्बल मानिन्छ।

भलिबल र फुटबल दुवैर्फ एपीएफकै महिला टोली सबै प्रतियोगिताको सदाबहार दाबेदार हुन्।

गत महिना सम्पन्न महिला राष्ट्रिय लिगमा एपीएफ च्याम्पियन बनिसकेको छ। महिला भलिबलमा पनि एपीएफ पछिल्ला केहि वर्षयताको सर्वाधिक सफल टोली हो। घरेलु भलिबलमा वर्षभरको सबै प्रतियोगिता एपीएफले जितेको इतिहास पनि छ।

तर खेलकुदमा उचाईमा पुग्न जति कठीन छ त्यो भन्दा बढी कठीन त्यहाँ टिकिरहन छ। पछिल्लो केहि प्रतियोगिताको प्रदर्शनलाई हेर्दा भने एपीएफ पहिलाको तुलनामा केहि कमजोर देखिन थालेको छ। अर्कोतर्फ अन्य टोलीले आफ्नो खेलमा सुधारिएको प्रदर्शन गर्न थालेका छन्कोरोनाका कारण झन्डै एक वर्ष खेलकुद ठप्प थियो। त्यसपछि घरेलु भलिबलमा तीन महत्वपूर्ण प्रतियोगिता आयोजना भएका छन्। नेपालमा एपीएफसहितका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब ३ विभागीय टोली र होगांजी न्यू डायमण्ड क्लब गरि ४ टोली माथिल्लो स्तरमा खेल्दै आएका छन्। महिला भलिबल यहि टोली वरिपरि घुमेको छ भन्दा फरक पर्दैन।

आरबीबी एभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको अहिले बिहीबार दिउँसो फाइनल खेल जारी छ।

प्रकाशित मिति: : 2021-04-08 17:51:00

प्रतिकृया दिनुहोस्