गगन थापाको चुनौती– प्रधानमन्त्रीज्यू, विकासबारे बहस गर्न संसद्मा आउनुहोस् (भिडियो)

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर बहस गर्न चुनौती दिएका छन्।

संसदको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘संसदमा आएर बाल कविता सुनाउने होइन, प्रधानमन्त्रीज्यू आउनुहोस् बहस गरौं। म तपाईलाई संसदमा आएर बहस गर्न चुनौती दिन चाहन्छु।’

‘काम गर्नु छैन कुर्सीमा बसेर स्वीच च्यापेर शिलान्यास गर्दैमा विकास हुँदैन्। उद्घाटन गर्ने, शिलन्यास गरेर चम्किन नखोज्नुहोस्। आउनुहोस् वास्ताविकता बुझ्न’, उनले भने।

उनले मेचम्चीको पानी ढिला ल्याएकोमा काठमाडाैवासीसंग माफी माग्नु पर्ने बताए।

‘प्रधानमन्त्री ज्यू मेलम्चीको पानी मैले ल्याएँ भने श्रेय खोज्ने काम बन्द गर्नुहोस्। बरु मेचम्चीको पानी ढिला ल्याएकोमा माफी माग्नुहोस्। यदि श्रेय खोज्ने नै हो भने पश्चिम सोतीको घटना हेर्नुहोस्, कर्णली करिडोर बनाउनुहोस्। हाम्रा यतिका आयोजना थला परेका छन्, खै त्यसमा ध्यान गएको?’, उनले भने।

प्रकाशित मिति: : 2021-04-08 14:54:00

प्रतिकृया दिनुहोस्