अमेरिकाका राष्ट्रपति जो बाइडेनले 'कर्पोरेट ट्याक्स' बढेपनि व्यापारीहरुलाई कुनै असर नगर्ने बताएका छन्।
हाल कायम रहेको २१ प्रतिशतबाट बढाएर २८ प्रतिशत पुगेपनि व्यापारिक घरानाहरु अमेरिकाबाट बाहिर नजाने राष्ट्रपति बाइडेनको विश्वास छ।
कुनै समय यो दर ३६ प्रतिशतसम्म पनि पुगेको जानकारी दिदै राष्ट्रपति बाइडेन ले भने, 'यो दर सबैको लागि उपयुक छ।'
पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिदै उनले भने, 'फर्च्युन ५१ वा ५२ अन्तर्गतका कुनै व्यापारिक संस्थाहरुले ३ बर्षयता कर तिरेका छैनन्।'
विदेशमन्त्री जेनेट यलनले अमेरिका जी २० देशहरुसँग मिलेर व्यापार गर्न सबै व्यापारीहरुलाई सुझाव दिएका छन्।