बुधबार, १७ डिसेम्बर २०२५

२२ सुरक्षाकर्मी मारेका नक्सवादीद्धारा भारत सरकारसमक्ष वार्ताको प्रस्ताव

News Image
• • •

छत्तिसगढको बिजापुर जिल्लाको जिरागुडेम गाउँमा २२ सुरक्षाकर्मीलाई एकै चिहान बनाएपछि नक्सलवादीले शान्तिपूर्ण ढंगले वार्ताको प्रस्ताव अघि सारेका छन्। 

उनीहरूले सीआरपीएफ कोबरा दस्ताका कमाण्डर राकेश्वर सिंह मन्हार आफ्नो कब्जामा रहेको दावी गरेका छन्।

मन्हारको परिवारले सोमबार एउटा अपील सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीलाई आफ्नो परिवारको सदस्य नक्सलीहरूको कब्जाबाट छुट्टाउन आग्रह गरेका थिए। 

गत शनिबार जिरागुडेम गाउँमा भएको दोहोरो भिडन्तमा नक्सलीको हमलामा २२ सुरक्षाकर्मीको हत्या भएको थियो। नक्सलवादीले मन्हारको सकुसल रिहाईको सट्टा सरकारसमक्ष कुराकानीको प्रस्ताव अघि सारेका हुन्। 

पछिल्लो समय भारतमा नक्सलीहरू सक्रिय देखिन थालेका छन्।

उनीहरूले १० दिनभित्र दुई ठाउँमा ठूलो आक्रमण गरिसकेका छन् भने भारतीय सुरक्षा फौजबाट धेरै मात्रामा हतियार तथा गोलीगट्ठा संकलन गर्न सफल भएको बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!