उकालो लाग्दै संक्रमण, स्वास्थ्य सामग्री सीमित

कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ।

सोमबार अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन्। यो संख्या गत १४ माघयताकै सर्वाधिक हो।

१४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो।

प्रकाशित मिति: : 2021-04-06 06:35:00

प्रतिकृया दिनुहोस्