कांग्रेसको निर्णयपछि– खुलेको हो नयाँ सत्ता समीकरणको ढोका ?

नयाँ सरकार बन्नेभन्दा माहोल चुनावतर्फ जाने संकेत

लोकान्तर

काठमाडौं

मो समयको मौनता तोड्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत्र १९ गते शुक्रवार केन्द्रीय समितिको बैठकबाट निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्‍यो। संसदीय व्यवस्थामा ‘वेटिङ गभर्मेन्ट’ भनेर चिनिने प्रतिपक्षले सरकारको नेतृत्वका लागि अग्रसरता लिने भनेर निर्णय गरेपछि त्यसले स्वाभाविक रूपमा राजनीतिक तरंग सिर्जना गरेको छ।  

सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा प्रतिनिधि सभा पुनःस्थापना भएको एक महिना पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि राजीनामाको माग गर्ने प्रस्ताव पढेर सुनाएका थिए।  

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरेको थियो। त्यसपश्चात पनि निरन्तर संविधानविरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारी राख्यो। प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद तर्फको कदम ठहर गरेको थियो। सम्मानित सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ।’  कांग्रेस केन्द्रीय समितिले पारित गरेको प्रस्तावको अंश।

प्रकाशित मिति: : 2021-04-04 21:10:00

प्रतिकृया दिनुहोस्