कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा रावल नियुक्त

Photo - healthtvonline.com
Photo - healthtvonline.com

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.मंगल रावल नियुक्त भएका छन्।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेको हो। 

सिफारिस समितिले प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायालाई सिफारिस गरेको थियो। 

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरिएको छ।

प्रतिष्ठानको आगामी ४ वर्षको कार्यकालको लागि क्षेत्री नियुक्त भएका हुन्।
 

प्रकाशित मिति: : 2021-04-04 18:44:00

प्रतिकृया दिनुहोस्