युएईमा १५ दिनअघि ज्यान गुमाएका चन्द्र मल्लको शव नेपाल आइपुगेको छ।
सवारी दुर्घटनामा ज्यान गुमाएका नेपालगन्ज उपमहानवरपालिका राँझा निवासी मल्लको शव शनिबार नेपाल आईपुगेको हो। शव लिन उनको परिवार त्रिभुवन अन्तराष्ट्रि विमानस्थल पुगेको थियो।
मृतक मल्लको शनिबार नै अन्तिम संस्कार गरिएको छ। उनी १५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएइ पुगेका थिए।
गत मार्च १३ मा उनी सवारी दुर्घटना परेका थिए। बाटो काट्ने क्रममा अरवी नागरिकले चलाएको गाडीले ठक्कर दिदाँ उनको मृत्यु भएको हो।
उनका तीन सन्तान छन्।