सीजी ल्यान्डमार्कमा सुरु भयो 'केएफसी'

'केएफसी'ले चितवनमा पनि रेस्टुराँ सुरु गरेको छ। 

अमेरिकी फास्टफुड चेन 'केएफसी'ले चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कमा नयाँ रेस्टुराँ सुरु गरेको हो।

बुधबार सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले रेस्टुराँको उद्घाटन गरेका थिए। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पुर्याउने उद्देश्यले 'केएफसी'लाई चितवन भित्र्याईएको विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले बताए। 

उक्त रेस्टुराँ १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन गरिएको छ। साथै रेस्टुराँमा १५ जनाले रोजगारपनि पाएका छन्।

प्रकाशित मिति: : 2021-04-01 09:00:00

प्रतिकृया दिनुहोस्