समावेशीले ल्याएको रुपान्तरण : १३ वर्षमा २१ हजारभन्दा बढी निजामती सेवामा सिफारिश

लोकान्तर

काठमाडौं

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ५ का इन्द्रदेव यादव अहिले निजामती सेवातर्फ सह–सचिव तहका कर्मचारी हुन्।

२०७७ साल असारमा उनले प्रशासनतर्फ सह-सचिव पदमा नाम निकालेपछि गृह मन्त्रालयले उनलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरेर पठाएको हो।

३६ वर्षको उमेरमा नै सीडीओ बन्न सफल भएपछि उनको चौतर्फी प्रशंसा भएको थियो । उनले २०६९ सालमा सबैभन्दा पहिले शाखा अधिकृतमा नाम निकालेका थिए।

'त्यति बेला शाखा अधिकृतमा जाँच दिनुभन्दा पहिले प्रारम्भिक परीक्षा दिएर पास भए मात्र शाखा अधिकृतका लागि प्रतिस्पर्धा गर्न पाइने प्रावधान थियो,' यादवले भने, 'तर, २०६४ सालमा समावेशी कोटा लागू भएपछि समावेशी तर्फका उम्मेदवारले प्रारम्भिक परीक्षा नदिएर नै पनि सिधा शाखा अधिकृतमा जाँच दिन पाएका कारण मधेशी कोटामा शाखा अधिकृत बन्न सकेको थिएँ।'

प्रकाशित मिति: : 2021-03-28 11:59:00

प्रतिकृया दिनुहोस्