सरकारको घोषणा : नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर (तस्वीरसहित)

Photo - Rss
Photo - Rss

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ४ कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन्।

बिहीबार ललितपुरमा कृषि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर भएको बताएका छन्।

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल एक क्षेत्रमा केही कदम अगाडि बढेकोमा खुसी लाग्यो।’ प्रधानमन्त्री ओलीले अब उत्पादनको अधिकतम सदुपयोग गर्न अनुरोध गरेका छन्। ‘हामी कृषि उत्पादन पुग्ने गरी गरेपनि सदुपयोग गर्ने बानी गलत हुँदा बाह्य देशबाट आयत गर्नुपर्ने अवस्था आएको हो’, उनले भने।

उनले किसानको आम्दानीलाई बचतमा परिणत गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। ‘विभिन्न प्रविधिको प्रयोग गरेर कृषि क्षेत्रलाई सुरक्षित सम्मानित र आकर्षित बनाउनु पर्छ,’ उनले भने।

त्यस्तै, प्रधानमन्त्री ओलीले नेपालमा छिट्टै रासायनिका मल उत्पादन कारखाना खोल्ने तयारी भएको आश्वासन दिएका छन्।उनले भने, ‘कृषिको विकासको लागि मलको सूनिश्ति प्रयोग गर्नुपर्छ। अब देशमा मल उत्पादन हुन थालेपछि अन्य देशको भर पर्नु नपर्ने अवस्था छिट्टै आउँछ।’

 

प्रकाशित मिति: : 2021-03-25 15:09:00

प्रतिकृया दिनुहोस्