गृहसचिव भन्छन्- 'प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छ' 

File photo
File photo

गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन्।

उनले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको जानकारी दिए। प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा आज गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए।

सो अवसरमा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नाका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिए। 

उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए। आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उनले सुझाव दिए। 

प्रकाशित मिति: : 2021-03-24 20:36:00

प्रतिकृया दिनुहोस्