बिएल संवाददाता
सैनिक आचरणविपरीत कार्य गरेको भन्दै नेपाली सेनाका जर्नेल पकंज कार्की बखास्तगीमा परे।
यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतबाट कार्कीलाई दोषी ठहर गरेपछि उनी कारवाहीमा परेका हुन्।
तर नेपाली सेनाभित्रै अनैतिक क्रियाकलापमा बारम्बार संलग्न भएका उप रथी विनयविक्रम राणा शक्तिको आडमा कारवाहीबाट बचिरहेका छन्।
२८ नम्बर बाहिनी पति रहँदा तत्कालीन लप्टन डा. रक्षा भण्डारीसँग अनैतिक सम्बन्ध राखेपछि विवादमा आएका थिए तर अहिलेसम्म पनि राणालाई कारवाहीको प्रकृया अगाडि बढेको सैनिक स्रोत जनाएको छ ।
बारास्थित २८ नम्बर बाहिनीपति रहँदा सहायक रथी राणाले डा. भण्डारीसँग अनैतिक सम्बन्ध रहेको खुलेको थियो।
यौन दुर्व्यवहारको विषयमा पकंज कार्की बखास्तमा परे पनि उनीजस्तै अनैनिक कृयाकलाप गरेका राणा भने हालसम्म सुरक्षित छन्। त्यो समयमा सैनिक सचिव समेत भइसकेका विनयविक्रम राणाको उजुरी सिकायत जाँचले लिन मानेको थिएन।
पूर्वराजा दीपेन्द्रकी प्रेमिका दिव्यानीसँग दोस्रो विवाह गरेका राणा वारम्वार अनैतिक क्रियाकलापमा संलग्न हुँदै आएका छन्।
मानसिक स्वास्थ्यमा समस्या देखिएपछि पहिलो श्रीमतीसँग उनको सम्बन्ध बिच्छेद भएको थियो।
प्रधानसेनापति पूर्णचन्द्र थापा सेनामा अनियमितता र अनैतिक क्रियाकलाप गर्ने सैनिक अधिकृतलाई हदैसम्मको कार्बाही गर्ने अभियानमा हुँदाहुँदै पनि राणाजस्ता सैनिक अधिकृतले अझै उन्मुक्ति पाइरहेका छन्।
विनयविक्रम राणा हाल पोखरास्थित पश्चिम पृतनापति रहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया