फोक्सुन्डो तालमा वर्ल्डलिङ्कको निःशुल्क वाइफाइ सेवा

वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा सुरू गरेको छ।

नेपालको प्रमुख तालमध्येको एक फोक्सुन्डो काञ्जिरोवा हिमालको काखमा अवस्थित छ।

समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्लमा पर्छ। जुन नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताललाई विश्वभर शे–फोक्सुण्डो तालको नामले समेत चिनिन्छ।

ताजा हिमाली सफा पानीले  भरिएको यो ताल नेपालको धेरै गहिरो ठूलो ताल हो। यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ।

निःशुल्क वाइफाई सेवाको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले चैत ८ गते गरेका हुन्।

उदघाटन समारोहलाई सम्बोधन गर्दै बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, ‘नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन।’

उनले भने, ‘गाँस, बास, कपाससँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौँ।सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ। जुन स्थानमा बाटोघाटो, अस्पतालको  अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुनसक्छ।’

आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना विमारीको लागि आफ्नो डाक्टर साथीसँगको सल्लाहले फोक्सुण्डोमै बिमारीको उपचार गरेको अनुभव सुनाउँदै अग्रवालले भने, ‘उच्च गतिको इन्टरनेटका लागि वल्र्डलिङ्कले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार छ तर सोका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्छ।’

फोक्सुण्डो सम्म इन्टरनेट पुरयाउन वल्र्डलिंकले  विभिन्न ११ स्थानमा टावर जडान गरेको छ। अग्रवालले भने, ‘अब हामी फाइवर जडानको लागि योजना तयार गर्छौं।’

मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको बताउँदै भने, ‘यहाँ उपलब्ध प्रचूर संभावनाको प्रयोग गर्न सकेका छैनौँ। यसलाई विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कयापलट हुन्छ।’

‘कर्णाली प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचना प्रविधि पनि एक हो। विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने तर नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिङ्कले देखाएको अग्रसरताले  सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाई संग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा म विश्वस्त छु’, मुख्यमन्त्रीले भने।

उनले कर्णाली प्रदेशले कर्णाली पर्यटन बर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्री केपी शर्मा आलीले वल्र्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उदघाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको बताए।

उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा अध्यक्ष निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए।

प्रकाशित मिति: : 2021-03-24 13:04:00

प्रतिकृया दिनुहोस्