जनकपुरको रामानन्द चोकस्थित खानेपानी संस्थान परिसरमा एक महिलाको शव फेला परेको छ।
म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार सिर्पालीकाे शव फेला परेको हो।
प्रहरीका अनुसार उनी श्रीमान विश्वास सिर्पालीसँग सर्लाही होटेल एण्ड गेष्ट हाउसमा बसेकी थिइन्।
उनी होटलबाट हाम्फालेर आत्महत्या गरेको कि श्रीमानले खसाएर मारेको भन्ने विषयमा केहि खुल्न सकेका छैन।
श्रीमानसँगै उनी स्कुटीको लाइसेन्स बनाउन जनकपुर आएकी थिइन्।
राति गफगाफ गरेर सुतेको र बिहान उठेपछि श्रीमतीलाई कतै नदेख्दा खोज्न थालेको तर होटलकै छेउमा हाम्फालेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको उनले प्रहरी समक्ष बयान दिएका छन्।
उनले आफू ११ दिन पहिले मात्र विदेशबाट आएको पनि बताएका छन्। उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बुझिएको छ।