कोरोनाको त्रासबाटै बिरामी भइरहेका छन् ज्येष्ठ नागरिक

हिमाल खबर

काठमाडौँ

सरकारले कारोनाभाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि ११ चैत २०७६ मा बन्दाबन्दी घोषणा गरेको थियो। त्यसअघि नेपालमा दुई जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट फर्किएका व्यक्तिलाई संक्रमण देखिएको थियो। उनलाई १० माघ २०७६ मा संक्रमण भएको पुष्टि भएको थियो।

१० चैत २०७६ मा संक्रमित दोस्रो व्यक्ति फेला परे। सरकारले त्यसको भोलिपल्टदेखि बन्दाबन्दी घोषणा गर्‍यो। यो एक वर्षमा पौने तीन लाख नेपालीमा कोरोनाको निदान भएको छ। तीमध्ये तीन हजारभन्दा बढीको मृत्यु भएको छ।

कोरोनाबाट सबै उमेर समूहका व्यक्ति संक्रमित भएका छन्। तर, प्रत्यक्ष शारीरिक स्वास्थ्यमा र मनोसामाजिक हिसाबले ज्येष्ठ नागरिक धेरै प्रभावित भएका छन्। संसारका अन्य राष्ट्र सरह यहाँ पनि मृत्यु हुनेमा तुलनात्मक रूपमा ज्येष्ठ नागरिक नै धेरै छन्। कोरोना संक्रमण पश्चात् हुने न्युमोनिया जस्ता जटिलताका कारण उनीहरूको ज्यान गएको छ।
 

प्रकाशित मिति: : 2021-03-24 07:03:00

प्रतिकृया दिनुहोस्