२ सय वर्षसम्म अपरिचित राज्यः जहाँ ८० लाख दासीहरुले ज्यान गुमाए 

बोलिभियाको राजधानी 'ला पाज' शहर विश्वकै सबैभन्दा उच्च स्थानमा अवस्थित राजधानीका रुपमा परिचित छ।

त्यहाँ पुग्ने अधिकांश पर्यटकहरुले अधिकतम चिसो 'सोरोचे'को सामना भने गर्नुपर्ने हुन्छ। वर्षेनी लाखौँ संख्यामा पर्यटकहरु घुम्न र मनोरञ्जन लिन 'ला पाज' शहर पुग्ने गरेका छन्। 

राजधानीलाई छिचोलेर करिब १०० कि.मी जति उत्तर-पूर्वतिर लाग्ने हो भने शान्त उपत्यका 'युंगास'मा पुगिन्छ। जहाँ प्रकृति र मानव सभ्यताको सुन्दर समिश्रण पाईन्छ। कच्ची सडकले जोडिएका त्यहाँका गाउँहरुलाई वरिपरी बाक्लो जंगलले घेरेको छ। 

उक्त उपत्यकाका विषयमा यस्तो पनि मान्यता छ कि- बोलिभियाको त्यस उपत्यका लगभग २०० वर्षसम्म बाह्य दुनियाँका लागि अपरिचित थियो।यस क्षेत्रको जगंलमा पाईने टापीर र जगुअर जस्ता सुन्दर जनावरहरुले उपत्यकाको सौन्दर्यता र पहिचान फराकिलो बनाएका छन्।  

अहिले उक्त उपत्यकामा करिब २ हजार मानिसको बसोबास रहेको छ। जो आत्मियता, सहयोग र मानवियतामा विश्वास गर्छन्। यसक्षेत्रमा बसोबास गर्ने मानिसहरुको प्रमुख आयस्रोत भनेको कोका (चक्लेट) र कफी खेती हो। 

बोलिभियामा अफ्रिकी आप्रवासीहरुको राम्रो बस्ती रहेको पाईन्छ। त्यहाँ जीवन बिताईरहेका अफ्रिकी बोलिभियनहरुलाई १६औँ देखि १९औँ शताब्दीको बीचमा 'पोतोसी'का विभिन्न खानीहरुमा काम गर्न दास बनाई ल्याईएको थियो। उक्त समयमा भोकमरी र असह्य चिसोले करिब ८० लाख दासीहरुले ज्यान गुमाएका थिए।

अहिले अफ्रिकी बोलिभियन राजा जुलियो पिनेदोले त्यहाँको सत्ता सम्हालेका छन्। तर उनको शक्ति र जिम्मेवारी आदिवासी समुदायका मुखियाको सरह नै छ।

जनताको भलो चाहने उनको बानीले गर्दा नै अहिले विस्तारै राज्यको विकासले गति लिईरहेको छ। उनी जनताबाट कहिल्यै कर उठाउँदैनन्।  उनीसँग धनी बन्ने कुनै सपना छैन। उनको चाहना भनेको केवल जनतालाई खुशी र सुखी राख्नु हो। उनी भन्छन्, 'जनताको शोषण गरि पैसा उठाएर धनि हुनु मेरो सोख होइन।'

पिनेदोका पुर्खाहरु अफ्रिका छँदा राजवंशी थिए। त्यही वंशको सन्तान स्वरुप पिनेदोपनि बोलिभियाको राज्यमा राजा बन्न पुगेका हुन्। 

(बीबीसीबाट बिनायक कार्कीद्वारा अनुवादित)

प्रकाशित मिति: : 2021-03-23 18:52:00

प्रतिकृया दिनुहोस्