बुधबार, १७ डिसेम्बर २०२५

मोजाम्बिकमा कट्टरपन्थी समुहद्वारा बालबालिकाको हत्या

Photo : ORF
• • •

मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समुहले बालबालिकाको घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले जनाएको छ। 

एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन्। साथै उनले पछिल्लो समय बालबालिकाको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन्। उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन्। 

पिडित महिलाले भनिन्, “त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण ग¥यो। हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे।” 

सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ दुई हजारभन्दा बढी व्यक्ति मारिएको र छ लाख ७० हजारभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइएको छ।रासस

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!