३ प्रतिशतभन्दा कम दरले मुल्यवृद्धि

File photo
File photo

नेपाल राष्ट्र बैंकले माघमा मुल्यवृद्धि तीन प्रतिशतभन्दा कममा झरेको बताएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मुल्यवृद्धि २.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा मूल्यृद्धि ६.८७ प्रतिशत थियो।

माघ महिनामा खाद्य तथा पेयपदार्थ समुहको मुल्यवृद्धि ३.०२ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको मुल्यवृद्धि २.४४ प्रतिशत रहेको छ।

प्रकाशित मिति: : 2021-03-16 19:49:00

प्रतिकृया दिनुहोस्