फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी बने संजेल

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले प्रहरी नायव निरिक्षक (सइ) बालकृष्ण सेन्जेललाई फागुन महिनाको सर्वोउत्कृष्ट प्रहरी घोषणा गरेको छ।

ब्यूरोमा कार्यरत कर्मचारीको महिनाभरी गरेका काम कारवाहीलाई हेरेर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिदै आईएको छ। 

ब्यूरोमा कार्यरत सई सेन्जेलले लागुऔषध कारोबारीलाई पक्राउ तथा लागुऔषध नियन्त्रणमा उल्लेखीय भुमिका खेलेको भन्दै सम्मान स्वरुप फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो। 

उनले एक महिनामा काठमाडौंको विभिन्न स्थानबाट अवैध लागुऔषध सहित कारोबारीहरु पक्राउ गरेको थिए। अपराध नियन्त्रण तथा प्रहरी कारवाहीमा सन्जेल अब्बल मानिन्छन्।

प्रकाशित मिति: : 2021-03-15 18:39:00

प्रतिकृया दिनुहोस्