बम विस्फोटका गम्भीर घाइतेलाई काठमाडौं लगिँदै, घटनाको जिम्मा तराई मुक्ति मोर्चाले लियो 

सिरहामा आइतबार दिउँसो भएको बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।

सिरहाको लहान नगरपालिका वडा ८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन्।

घाइतेहरु मध्ये धनगढीमाई नगरपालिका वडा नम्वर १३ बस्ने दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यसैबीच, घटनाको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।

आइतबारै एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट गराएको विज्ञप्तिमा जनाइएको छ।



यादव आत्मसमर्पणको तीन घण्टाभित्र मालपोत कार्यालयमा बम बिस्फोट

सिरहाको मालपोत कार्यालयमा बम विष्टफोट, छ जना घाइते 


 

प्रकाशित मिति: : 2021-03-14 17:02:00

प्रतिकृया दिनुहोस्