सिरहाको मालपोत कार्यालयमा बम विष्टफोट, छ जना घाइते 

प्रदेश २ को सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको छ।

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिव १ बजेको समयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक सुदिपराज भण्डारीले जानकारी दिए।

बम बिस्फोटमा परी ६ जना घाइते भएको प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजना मध्यम घाइते भएका छन् । त्यस्तै चारजना सामान्य घाइते भएको उनले जानकारी दिए।

घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।
 

प्रकाशित मिति: : 2021-03-14 13:45:00

प्रतिकृया दिनुहोस्