जनतान्त्रिकका तराई मुक्ति मोर्चाका नेता रामविलास यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेको तीन घण्टा नबित्दै मालपोत कार्यालयमा बम बिस्फोट भएको छ।
यादवले आत्मसमर्पण गरेको घटना स्वरुप बदलाको भावनाले मालपोत कार्यालयमा बम बिस्फोट गराएको हुनसक्ने श्रोतले बतायो।
बिस्फोटमा दुई नायब सुब्बा घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एसपीको कमाण्डमा प्रहरीहरू हाल घटनास्थल पुग्दैछन्।
‘लोप भइसकेका भूमिगत सशस्त्र संगठनहरू एक्कासी कसरी उदाए। यो दुःखद घटना हो,’ लहान नगरपालिका मेयर मुन्नी साहले बिएल नेपाली सेवालाई बताए।
लहान सशस्त्र भूमिगत समुहको कार्यक्षेत्र मानिन्छ। यसअघि मधेश आन्दोलन तथा भूमिगत गिरोहको गतिविधि हुँदा पनि लहानलाई प्रमुख थलो बनाइएको थियो।