शिलापत्र
फिल्मक्षेत्रमा स्थापित भइसकेकी एक अभिनेत्रीले एउटा म्युजिक भिडियो खेल्दा १ लाख पारिश्रमिक लिने गर्छिन्। दिनेले दिन्छन्, लिनेले लिन्छन्। यसमा प्रश्नै भएन।
तर, ती अभिनेत्रीले एक फिल्मका लागि म्युजिक भिडियोमा पाउनेसरहको पारिश्रमिक मागिन्। फिल्ममा उनको मुख्य भूमिका पनि थिएन। अतिथि भूमिकामा उनले जम्मा २ दिन छायांकनका लागि समय दिनुपर्ने थियो। उनले निर्मातालाई भनिन्, 'मैले म्युजिक भिडियोमा दिनको १ लाख लिन्छु। यहाँ दुई दिन छायांकन हुने रै'छ। मलाई २ लाख चाहिन्छ।'
उनकाे माग सुनेर निर्माता ट्वाँ परे। र पनि निर्देशकले उनैलाई भूमिका सुहाउने भनेपछि निर्माताले बाध्य भएर एक दिनको ८० हजार टक्र्याए। दुई दिनको १ लाख ६० हजार।
'कोरोनाले थला परेको फिल्मक्षेत्रलाई सबै मिलेर उठाउनुपर्ने अवस्थामा उहाँले माग्नुभएको पारिश्रमिक शाेभनीय भएन', निर्माता गुनासो पोख्छन्।
अहिले म्युजिक भिडियोमा कलाकारको पारिश्रमिक निकै चर्किएको छ। नाम चलेका कलाकारले १ लाख ५० हजारसम्म पारिश्रमिक लिने गरेको हल्ला सुनिन्छ। तर, सत्यता के हो दिने वा लिनेलाई नै थाहा होला। न उनीहरूले कुनै सम्झौता गरेर काम गरेका हुन्छन्, न कर नै तिर्छन्। कसरी थाहा होस् त उनीहरूले लिएको पारिश्रमिक ?
तर, म्युजिक भिडियोमा लिएको सरह पारिश्रमिक फिल्ममा पनि माग्दा फिल्मका निर्माताहरू मारमा पर्छन्।
फिल्म निर्देशक दीपेन्द्र लामा म्युजिक भिडियोमा लिइने पारिश्रमिक र फिल्ममा लिइने पारिश्रमिकबीच कुनै तुलना नहुने बताउँछन्। उनी भन्छन्, 'म्युजिक भिडियोमा पाउने पारिश्रमिकजस्तै फिल्ममा खोजेर हुन्न। विज्ञापन दुई दिन खिचेको कलाकारले २५ लाख रुपैयाँसम्म लिन थाल्छन्। अब के फिल्ममा त्यहीअनुसारको पारिश्रमिक मागेर हुन्छ त ?'
म्युजिक भिडियोमा वा विज्ञापनमा पाएको जस्तै पारिश्रमिक फिल्मबाट पनि माग्नु कलाकारको वैज्ञानिक तर्क नरहेको दीपेन्द्रको बुझाइ छ। बुझेका कलाकारले भने फिल्ममा म्युजिक भिडियोमा जस्तो पैसा नमाग्ने दीपेन्द्र बताउँछन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया