बुधबार, १७ डिसेम्बर २०२५

ब्रिटेन राजदरबारले भन्यो: ह्यारी र मेगनको अन्तर्वार्ता 'गम्भीरतापूर्वक' लिइने छ

File Photo
• • •

ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले अमेरिकी 'टक शो' प्रस्तोता ओप्रा विन्फ्रेसँगको कुराकानीमा लगाएको आरोपप्रति 'बकिङ्घम राजदरबार'ले दुःख ब्यक्त गरेको छ।

प्रस्तोता विन्फ्रेसँग मर्केलले 'शाही परिवार'को नाम नखुलाइएका एक सदस्यले उनीहरूको बच्चाकाे छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्। प्रश्न गर्ने को-हो त्यसको परिचय नदिए पनि मर्केलले उक्त अन्तर्वार्तामा ब्रिटेनको 'राजपरिबार' रङ्गभेदी भएको आरोप लगाएकी थिइन्।

मर्केलको भनाईप्रति बकिंघम दरबारले एक विज्ञप्ति जारी गर्दै मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रसङ्ग निकै 'चिन्ताजनक' भएको भन्दै 'गम्भीरतापूर्वक' लिइने जनाएको छ।

महारानी एलिजाबेथमार्फत् जारी गरिएको विज्ञप्तिमा 'राजपरिवार'लाई दुःखी तुल्याएको बताइएको छ। विज्ञप्तिमा भनिएको छ, 'आजको दिनमा पनि यस्तो रङ्ग र नश्लको कुरा गर्नु निन्दनीय छ।'

मर्केलले राजकुमार ह्यारीसँग बिबाह गरेपछि धेरै दिनसम्म एक्लै सुत्नु परेको र त्यो समयमा आफुलाई आत्महत्या गर्न मन लागेको बताएकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!