माओ बलि

शिलापत्र

काठमाडौं

(कथामा हत्या, हिंसा हुनेछ। सचेत रहनु होला।)

'त्यसको टाउको काटेर ल्याउनू !’, कमाण्डर कामरेड नवीनले कडा आदेश दिनुभयो।

कमाण्डर नवीन रिसले आगो हुनुभएको छ। मुटुको सप्पै रगत आँखामा थुप्रिए जसरी आँखा रातो भएको छ। शरीर थुरथुर काँपेको छ। मुखबाट लगातार आगोको ज्वाला निकालिरहनुभएको छ, 'साला, त्यसको टाउकोको फुटबल खेल्छु।' 

फुटल हैन सिधै टोकौँला झैँ गरी जोड-जोडले चिच्याउँदै मलाई सिरुपाते खुकुरी दिनुभयो, 'यो लिनुस्।'  

म आदेशमुताबिक सिरुपाते खुकुरी झोलामा हालेर मान्छे काट्न जाँदै छु। 

कामरेड नवीनको कोठाबाट बाहिर निस्केँ । मूलढोकानेर पुग्नै लाग्दा फेरि उहाँले बोलाउनुभयो, ‘कामरेड सुन्नुस्।’

पछाडि फर्किएँ। ड्याम्म कसैले टाउकोमा लौराले हाँनेझैँ भयो। फनन्न रिँगटा लाग्यो। कक्रक्क परेँ । मुखबाट ‘एैया !’ शब्द निस्कियो। दैलो होचो रहेछ। चौकोसमा ठोक्किएँछु। हात टाउकोमा पुग्यो। सुमसुम्याएँदै पछाडि फर्किएँ, 'हजुर कामरेड !'  

'त्यो मान्छेको टाउको तपाईं आफैँ काट्नू । मलाई अरुको भर छैन। बरु  अरुलाई सेन्ट्री राख्नू ।’

प्रकाशित मिति: : 2021-03-09 20:05:00

प्रतिकृया दिनुहोस्