कर्णाली नदीमा हाम फालेका आमा र छोराको शव भेटियो, एकजना अझै बेपत्ता 

चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३  निमायलकी सुकी बडुवालको शव भेटिएको छ।

मंगलबार करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।

सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना  र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको दैलेखका डिएसपी  प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

'५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अझै अज्ञात छ। उनको खोजी कार्य जारी छ,’ उनले भने।

घटनाकाे बारेमा सत्यतथ्य बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्त कुमार पन्तसहितको टोली पनि घटनास्थलमा पुगेको छ।
 

प्रकाशित मिति: : 2021-03-09 12:42:00

प्रतिकृया दिनुहोस्