माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित एमाले नेता माधव नेपाल, झलनाथ खनाल, भिम रावललगायत उपस्थित भएका छन्।
बैठक दिउँसो ११ बजेका लागि बाेलाइएकोमा ३ बजेको लागि सरिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न सो समूहले स्थायी कमिटीको बैठक बोलाएको हो ।