प्रधानमन्त्रीको घोषित ‘शो अफ’ : विश्लेषक भन्छन्– ओलीमा महेन्द्रको छाया देखियो

बाह्रखरी

काठमाडाैं

 रोविन पौडेल

हामी काम तीब्रताका साथ अघि बढाइरहेका छौं । काम भएका भयै छन् । उद्घाटन भएका भयै छन् । काम सम्पन्न गरेका गर्‍यै छौं । शिलान्यास गरेका गर्‍यै छौं । ठूल्ठूला आयोजना बन्दै छन् । सुरुङमार्ग बन्दैछन् । डाडाँको माथिमाथि आवश्यकताका बाटा बन्ने छन् । हाइवे डाँडा छेडेर सीधा बाटो बनाउछौं । राजमार्ग चौडा गर्दै छौं ।
पूर्वपश्चिम रेल चल्दैछ । उत्तर दक्षिण रेलमार्गको सर्भे भइरा’छ ।
ठूल्ठूला पुल बनेका छन् । ठूल्ठूला सडक बनेका छन् । हुलाकी राजमार्ग लगभग तयार हुन लागेको छ । पुष्पलाल राजमार्ग, मध्यपहाडी राजमार्गको प्रगति उल्लेखनीय छ । मदनभण्डारी राजमार्ग तीव्र प्रगतिमा छ ।
सुनकोशी–मरिन डाइभर्सन शिलान्यास गर्‍यौं । सुरुङ खन्ने काम प्रारम्भ भएको छ । केही समयपछि सुनकोशी–कमला डाइभर्सन शिलान्यास गर्छौं ।
यस्ता ठूल्ठूला आयोजना अगाडि बढाइरहेका छौं । हामीलाई काममा ध्यान छ । अर्काथरी यो सरकारले अचम्मै गर्न लाग्यो भनेर आत्तिइसके ।
काठमाडौंमा पानी झारेकै छ । राजमार्ग चौडा गरेको छ ।
सुरुङ पनि खनेको छ । बाटा सोझा गरेको छ । फराकिला गरेको छ । रेल कुदाउँछु भनेको छ । रेल किनेर ल्याएकै छ । लिक पनि बनाएकै छ ।
रोपवे र केवलकार बनाएको बनायै छ । झोलुंगे पुल बनाएको बनाएकै छ ।
तुइन विस्थापित गरेको गर्‍यै छ । विद्यालय बनाएको बनाएकै छ ।
एकैदिन ३ सय ९ अस्पताल शिलान्यास गरिसक्यौं ।

प्रकाशित मिति: : 2021-03-08 14:49:00

प्रतिकृया दिनुहोस्