बिएल संवाददाता
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वलाई आज पुरस्कृत गरेको छ।
प्रतिष्ठानले बुद्धशान्ति–५ मा विशेष कार्यक्रमको आयोजना गरी दुई पत्रकार, तीन शिक्षक र दुई विद्यालयलाई पुस्कृत गरेको हो। उनहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले सम्मान गरे।
भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी र पाँचथरका लक्ष्मी गौतम पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई जनही रु २५ हजार नगदले पुस्कृत गरिएको थियो।
पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले पुरस्कृत हुने शिक्षकमा अङ्ग्रेजी विषयका शिक्षक जनता मावि बाहुनडाँगीका यादव ढकाल, भानु मावि बाहुनडाँगीकी मुनामाया रानामगर, विज्ञान शिक्षक गढीगाउँ मावि शान्तिनगरका नगेन्द्र ढकाल, मेची जनसाधारण मावि बाहुनडाँगीका चन्द्रशेखर गुरागाईँ रहेको बताए। पुरस्कारको राशि जनही रु १० हजार रहेको छ।
त्यस्तै उत्कृष्ट विद्यालयतर्फ धाइजनको सरस्वती बाल कल्याण मावि र धुलाबारीको धुलाबारी माविलाई नगद रु ५१/५१ हजारसहित पुरस्कृत गरिएको छ।
कार्यक्रममा विसं २०७५ र २०७६ को एसइई परीक्षामा उत्कृष्ट हुने १५ विद्यार्थीलाई समेत नगदसहित पुरस्कृत गरिएको थियो भने दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
कार्यक्रममा खतिवडा परिवारका ज्येष्ठ सदस्य डिल्लीराम र पद्मा खतिवडालाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घकै पूर्वअध्यक्ष विष्णु निष्ठुरीले स्व भरत भूर्तेलका लेख, रचनाको सङ्ग्रह चरित चर्चाको चर्चा गरेका थिए। रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया