अनुसन्धानहरूले के देखाएको छ भने प्रेममा सेक्स हुन्छ नै। प्रेममा परेकाले सेक्स गरे कि गरेनन् ? भनेर खोजीनिन्दा गर्नु बेकार छ। सेक्सलाई तिल माने हुन्छ, पहाड बनाउनु जरुरी छैन।
मनले चाहेको हरेक वस्तु सुन्दर देखिन्छ। हरेक कुरामा सुन्दरता खोज्नु नै प्रेमको विशेषता हो। प्रेमका धेरै आयाम र तह हुन्छन्। प्रेम मानवजीवनको आवश्यकता। प्रेम मनको सुन्दर परिकल्पना र भावना पनि। समाजमा देखिने प्रेम प्रेम नै हो वा प्रेमको नाममा विकृति ? अर्थात् प्रेममा यौन अनिवार्य ! प्रेमको अन्तिम गन्तव्य के त ?
प्रेमको उमेर
समाजले प्रेम गर्ने र विवाह गर्ने उमेर निर्धारण गरेको छ। किशोरावस्थामा प्रेमका हर्मनहरू बढी सक्रिय हुन्छन् र विपरीत लिंगीप्रति आकर्षण हुन्छ। कसैको सुन्दरतामा, कसैको बोलीमा लट्ठ भएर गरिने प्रेमहरू सुन्दरता सकिएसँगै अन्त्य हुन्छ। उमेर अनुसार विपरीत लिंगीप्रतिको आकर्षण क्रमशः कम हुँदै जाने देखिन्छ। यसको मतलब हो, हाम्रो शरीरमा रहेको प्रेम हर्मोनहरू क्रमशः परिवर्तन हुँदै जानु नै हो। मनका विभिन्न तह हुन्छन्, जहाँ भावनात्मक तह एउटा हुन्छ। युवा उमेरमा कोही मानिस प्रेममा पर्न सकेन अर्थात् उसको भावनात्मक रूपमा कोही कनेक्ट भएन त्यस्तो अवस्थामा मानिस पागल बन्न सक्छ।
युवा उमेरमा म प्रेममा परिनँ भनेर कसैले भन्छ भने त्यसले कि झुट बोलेको ठहरिन्छ कि उसको शरीरमा कुनै हर्मोनको कमी देखियो अर्थात् शरीर विकासक्रममा गडबडी भएको ठहरिन्छ। समाज र सामाजिक सोच परिवर्तन भएसँगै विवाह सन्तान उत्पादनका लागि मात्रै हुँदैन भन्ने बुझाइ आयो। भविष्यको साथि र दुःखसुखका सहयात्राका लागि भनेर विवाह गर्ने गरेको देखिन्छ।