बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन् । विप्लव समूहसँगकाे तीनबुँदे सहमतिपछि समाराेहलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रियसभागृहमा शक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह बोल्दै अन्तिम किस्तामा शान्ति युगमा प्रवेश गरेको बताएका छन्।
उनले भने, ‘हिसांत्मक द्धन्द्ध र वातावरण छैन। आजबाट नेपाल पूर्ण रुपमा शान्तिको वातावरण छ।’
‘नेपाली जनताले शान्ति राष्टियको रक्षा, स्वाधीनताको सदुप्रयोग, लोकतन्त्रको प्राप्ति,सामाजिक न्याय र समानता, निर्भयपूर्ण वातावरणमा बाँच्न पाउनु पर्छ’, प्रधानमन्त्री आलीले भने, 'सुशासन होस्। भ्रष्टाचारको अन्त्य होस्। विकासको गतिशिल हो। लोकतान्त्रिक प्रणाली चाहिन्छ।'
प्रधानमन्त्री अहिले शान्तिको प्यारामिटरमा संयुक्त राष्ट्र संघको अनुसार नेपाल अरु देशभन्दा अगाडि भएको बताए। उनले भने, ‘मूल्याकंन गर्ने हो भने कसरी गर्ला ? अब शान्तिको प्यारामिटर धेरै अघि बढिसकेको छ।’
प्रधानमन्त्रीले यो कदमले विप्लवले नेपाली जनताको मन जित्न सफल भएको भन्दै उनकाे प्रशंशा पनि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समृहले संसद्को बैठक गर्दै छन् रे भन्ने सुनेको भन्दै व्यंग्य गरेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'संसद्को बैठक गर्दै छन् रे भन्ने सुनेको छु तर कुन दलको हो मलाई थाहा छैन। दलको नेता म यहाँ छु।'
'उहाँलाई देखेर मलाई अचम्म लाग्छ पनि लाग्दैन पनि किनभने आफ्नो दुई तिहाईको प्रधानमन्त्री हटाउन खोजेर अन्तै प्रधानमन्त्री बनिदिनुहोस् हामी तपाईं पछाडी छौँ भनेका छन्, उनले भने, 'नेतृत्व गर्न छोडेर अरुलाई नेतृत्व गर भन्ने मैले कुनै मास्कमा पढेको थिइनँ। उहाँहरूले कहाँबाट पढ्नु भएछ।'
ओलीले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई नगरेकाे भन्दै स्थिरता खोजेकाे र त्यस्कै लागि प्रतिनिधिसभा विघटन गरेकाे बताएका छन्।
उनले भने, हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ स्थिरता खोजेका हौँ। त्यस्कै लागि प्रतिनिधिसभा विघटन गरेका हौँ। तर फिर्ता पनि भयो।अब के के तमाम हुने हुन्। तर अरुले बुझ्न नेपालमा हाम्रो पार्टी पनि छ।
प्रधानमन्त्री ओलीले आफू झ्यालबाट छिरेर सरकारमा नआएका भन्दै हाई वेबाट सिंहदरबारको ढोका खोलेकाे बताए।
ओलीले भने, २०७३ मा सरकार ढालेका थिए तर हामी त्यतिबेला पनि झ्यालबाट छिरेर सरकारमा आएका होइनौ। हाई वेबाट सिंहदरबारको ढोका खोलेका हौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पढेको मार्क्सवादमा आफ्नो दुईतिहाई बहुमतको सरकार ढालेर अरुलाई नेतृत्व लिइदिन अनुरोध गर्दै हिँडेको थाहा नभएको बताएका छन्।
उनले अर्को समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ ब्यङ्ग्य गर्दै भने, ‘आफ्नो दुईतिहाई सरकार ढाल्न हिँड्ने र किस्तीमा राखेर नेतृत्व अरुलाई गरिदिन आग्रह गरेको कुनै मार्क्सवादमा मैले पढेको छैन।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया