बिएल संवाददाता
तनहुँको घिरिङ गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ।
गाउँपालिकामा स्थापना गरिएको एकाइ कार्यालयको आज आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका छन्।
लगत सङ्कलन एकाइ कार्यालय उद्घाटनसँगै आयोगले गाउँपालिकासँग भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने कार्यको सम्झौता गरेको छ। योसँगै जिल्लाका नौ स्थानीय तहमा लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ।
यस अगाडि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ। अब ऋषिङ गाउँपालिकामा एकाइ कार्यालय स्थापना हुन बाँकी छ।
आयोगका केन्द्रीय सदस्य रानाले आयोगले बास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी आयोगले काम गरिरहेको बताए। लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए। रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया