निजी आवास पुनःनिर्माणको काम  ८० प्रतिशत सकियो

मकवानपुरको थाहा नगरपालिकामा भुकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।

पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन्।

नगरपालिकामा भुकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये छ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए।

बाह्र वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए। सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ। त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको देखिएको छ।। रासस

प्रकाशित मिति: : 2021-03-04 10:48:00

प्रतिकृया दिनुहोस्