महेश नेपाली
कर्णाली प्रदेशका ५ जिल्लामा ५०/५० शय्याका अस्पताल बन्ने भएका छन्। विकट भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको १ अर्ब ५० करोड रुपैयाँ लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शय्याका अस्पताल निर्माण हुने भएका छन्।
सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका ५ वटै जिल्लामा अस्पताल निर्माण अघि बढाएको कार्यालयका सवइन्जिनियर चन्द्र खड्काले बताए।
'आउँदो ३ वर्षभित्र ५ वटै जिल्लामा ५०/५० शय्याको सुविधासम्पन्न अस्पताल निर्माण सम्पन्न हुनेछ,' उनले भने, 'सरकारले एक स्थानीय तह एक अस्पताल, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै दुर्गमका जिल्लामा सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ।'
उक्त लक्ष्यअन्तर्गत ३ वर्षभित्र कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा १ अर्ब ५० करोड रुपैयाँ लागतमा ५० शय्याको अस्पताल निर्माण हुनेछन्।
५ जिल्लामध्ये हुम्ला, दैलेख र सल्यानमा अस्पताल निर्माणका लागि बोलपत्र भएर काम अघि बढेको छ।
डोल्पा र रुकुम पश्चिमको प्रक्रियामै छ। बहुवर्षीय आयोजनाका रुपमा ३ वर्षभित्र अस्पताल निर्माण गरी हस्तान्तरण गरिने सवइन्जिनियर खड्काले थपे।
३ वर्षभित्र कर्णालीका ५ जिल्लामा ५०/५० शैया अस्पताल निर्माण हुने गरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
जस अन्तर्गत हुम्लामा २९ करोड ६६ लाख, डोल्पामा २९ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
त्यस्तै दैलेखमा ३६ करोड ३६ लाख, सल्यानमा २८ करोड र रुकुम पश्चिममा २८ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ।
७ प्रदेशमध्ये संघीय सरकारले कर्णालीमा नमुना कामका रुपमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया