बिएल संवाददाता
बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी स्थानीयहरु धर्नामा बसेका छन्।
कमिसन बापत लिएको ८ लाख रुपैयाँ गाडीबाट फालेर फरार भएका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै स्थानीयहरु धर्नामा बसेका छन्।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तासहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन्।
सोमबार साँझ धनुषाको महेन्द्रनगरबाट कमिसन बापत ८ लाख रुपैयाँ लिएर बटेश्वर तर्फ आउँदै गर्दा अख्तियार दुरुपयो अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंकालबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष सवार गाडीलाई पछ्याउँदै औरही पुलको छेउमा अध्यक्ष राउतले पैसाको पोका फाली गाडीबाटै हाम फालेर फरार भएका थिए।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन्।
एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैयाँ बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन्।
कमिसनबाटै आफन्तको नाममा करोडौँ रुपैयाँ बराबरको जग्गा, घडेरी तथा घर ठड्याएको धर्नामा बसेकाहरुले दाबी गरे।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया