आरआर क्याम्पसमा ओली र प्रचण्ड पक्षका विद्यार्थीबीच विवाद

झडप हुने सम्भावना भएको भन्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन

Photo - Ujyaalo network
Photo - Ujyaalo network

रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थी समूह पक्षबीच झडप हुने सम्भावना भएको भन्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

आज बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष र प्रचण्ड पक्षका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने आशङ्कामा प्रहरी परिचालन गरिएको हो।

‘दुई समूहका बिद्यार्थीहरुबीच झडप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप जानकारी आउँदै छ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

यसअघि फागुन ३ गते पनि दुई पक्षका विद्यार्थीबिच झडप भएको थियो। झडपमा केही विद्यार्थी घाइते भएका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका छन्।

प्रचण्ड समूह विघटनको विरुद्धमा र प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने खेलमा छन्। सर्वाेच्च अदालतमा परेको विघटनविरुद्धको रिटमा अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरिएको छ।

प्रकाशित मिति: : 2021-03-02 11:31:00

प्रतिकृया दिनुहोस्