उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमाल रहेकी छन्।
सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा उनको मृत्यु भएको हो।
सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। उनको शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको बताइएको छ।