'भूमिहीनका पक्षमा काम गरौं' 

File photo

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाबिहीनका पक्षमा निष्पक्षरुपमा काम गर्न आग्रह गरेका छन्। 

आयोगको जिल्ला समितिको कार्यालय आज उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले वास्तविक भूमिहीनको पहिचान गरी काम गरेर पुण्य कमाउन आग्रह गरेका हुन्।

'जग्गासम्बन्धी धेरै समस्या रहेकोले काम गर्न त्यति सहज नभए पनि अहिले कानून, नियमावली र कार्यविधि बनाएर सरकारले आयोग स्थापना गरेकोले निर्धक्क भएर काम गर्नुपर्छ' उनले भने। 
    
जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन तथा भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पूर्जा वितरणको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2021-02-26 21:23:00

प्रतिकृया दिनुहोस्