बिएल संवाददाता
नेपालका दुई पूर्व प्रधानमन्त्री मुछिएको चर्चित ललिता निवास जग्गा प्रकरण काण्डको छानवीन सार्वजनिक गर्न नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेको छ।
लामो समयदेखि प्रभावित बनेको सो जग्गा प्रकरणको विषयलाई लिएर आम जनताको चासो छ। तरपनि अख्तियारले यो विषयमा विशेष अदालतमा मुद्धा दर्ता गरेको छैन।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलगायत केही मन्त्री तथा प्रशासनीक निकायका व्यक्ति संलग्न रहेको उक्त जग्गा प्रकरणलाई लिएर सर्वत्र चासो बनेको छ। यही प्रकरणका कारण अख्तियारले ‘सानो माछा मात्रै पक्राउ गर्ने, ठूलो माछालाई छोड्ने भन्दै’ आलोचना पनि खेप्दै आइरहेको छ।
नागरिक समाजले आयोगको केन्द्रीय कार्यालय टंगालमा दर्ता गरेको निवेदनमा ललिता निवासको मुद्धामा भइरहेको अनुसन्धानको रिपोट विलम्ब सार्वजनिक गर्न माग गरेको छ।
अख्तियार स्रोतले भन्यो, ‘प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्बोधन गर्दै पूर्बप्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भटराईलगायत अन्य केहीको प्रत्यक्ष संलग्नता रहेको चर्चित ललिता निवास जग्गा प्रकरणको छानवीन कहाँ पुग्यो? भनेर सोधिएको छ।’ यसलाई जनचासोको बिषय भएको भन्दै सार्वजानिक गर्न अनुरोध गरिएको छ।
यस प्रकरणमा केही कर्मचारीलाई मात्र मुद्धा चलाइएको कारण मुख्य दोषी छुट्नसक्ने भन्दै उनीहरु उपर पनि अनुसन्धान गर्न आग्रह गरिएको छ।
आयोगले यसअघि कर्मचारीलाई अनुसन्धानगरी विशेष अदालतमा भ्रस्टाचारको मुद्धा दायर गरिसकेको छ। तर यसमा जोडिएका नेताहरुलाई भने अख्तियारले छोएको देखिदैन। उनीहरुको अनुसन्धान पनि गोप्य राखिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया