बाह्रखरी
वामदेव गौतम बिहीबार एकाबिहानै पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपा विभाजन भयो । पार्टी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल समूह ओलीलाई कारबाही गर्न उद्यत भयो र, सडक संघर्षको बाटो तय गर्यो ।
त्यसयता वामदेवको प्रचण्डकहाँ जाउआउ घटेको थियो । पुस ५ गतेपछि प्रचण्डसँग वामदेवको एक–दुईपटक भेट भयो । सघन संवाद पनि भयो । तर, वामदेव गौतमले ‘कित्ता क्लियर’ गर्न मञ्जुर गरेका थिएनन् ।
बरु, अलग–अलग बाटो तय गरिसकेका दुई पक्षलाई मिलाएर एकीकृत पार्टी कायम राख्नुपर्छ भनेर ‘एकता अभियान’को थालनी गरेका थिए । जिल्ला तहसम्म कमिटी घोषणा गरेका थिए । तर, अपेक्षित सफलता प्राप्त गर्न सकेनन् ।
पुस ५ अगावै वामदेवले दुवै पक्षको विश्वास गुमाइसकेका थिए । प्रतिनिधिसभा विघटन गरेपछि मुलुक ध्रुवीकरण हुँदा उनी तटस्थ बसेपछि विश्वास झन् घट्ने नै भयो ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र गर्नै नहुने काम भनेकाले ओली पक्षले पनि विश्वास गर्दैनथे । ओली पक्षले विश्वास नगर्नुको अर्को कारण पनि छ, जनताको बहुदलीय जनवादको रक्षा र विकासका लागि वकालत गर्दै आएकाले आफ्नो पक्षमा लाग्न उनीहरूले आग्रह गरेका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया