बिएल संवाददाता
घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी–२० मा खेलमा अष्ट्रलियामाथि रोमाञ्चक जित हात पारेको छ।
डुनेदिनस्थित युनिभर्सिटीमा बिहीबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो । ५ खेलको सिरिजमा न्युजिल्याण्डले २(० को अग्रता बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो। जवाफमा २२० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनायो।
११३ रन हुँदा ६ विकेट गुमाएको अस्थामा मार्कुस स्टोइनिस र ड्यानिएल साम्सले सातौँ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।
स्टोइनिसले सर्वाधिक ७८ रन बनाए। उनले ३७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै जोस फिलिपले ४५ र साम्सले १५ बल खेल्दै २ चौका र४ छक्का मद्दतमा ४१ रन जोडे।
अष्ट्रेलियालाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो। अन्तिम ओभर मात्र बलिङ गरेका न्युजिल्याण्डका जेम्स निसमले पहिलो बलमा साम्स र पाँचौ बलमा मार्कुस स्टोइनिसलाई आउट गरे।
न्युजिल्याण्डका मिचेल सान्टनरले ४ जेम्स निसमले २ विकेट लिए।
त्यसअघि ओपनर मार्टिन गुप्टिलले ९७ रन बनाउँदा न्युजिल्याण्डले उच्च स्कोर बनाएको थियो।
गप्टिलले ५० बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा ९७ रन बनाए। यस्तै कप्तान मेन विलियम्सनले ५३ र जेम्स निसमले अविजित ४५ रन जोडे।
निसमले १६ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे।
ओपनर टिम सेइफर्ट ३ रन बनाएर आउट भएपनि गप्टिल र विलियमसनले दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे।
अष्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट लिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया