बिएल संवाददाता
अमेरिकी नियामक निकायले औषधि उत्पादन क्षेत्रको जाइन्ट जोन्सन एण्ड जोन्सनको स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको जनाएको छ। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृती दिन शुक्रबार विज्ञहरु बैठक बस्दैछन्।
यो खोप गएको जनवरीमा परीक्षण गरिएको थियो। खोपको प्रभावकारिता परीक्षणमा ६६ प्रतिशत देखिएको जनाइएको छ।
योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन्।
यसअघि फाइजर र मोदेर्नाको खोपले अमेरिकामा स्वीकृति पाएका थिए। अहिले यी खोप सर्वसाधारणलाई लगाउने क्रम जारी छ। तर फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ।
फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको दाबी गरिएको छ। यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ।
अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता उस्तै देखिएको दाबी गरिएको छ। तर दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका नयाँ भेरियन्टमा भने यो खोपको प्रभावकारिता अलि कम देखिएको छ।
परीक्षणमा सहभागी भएका कुनै पनि व्यक्तिको निधन भएको नभएको जनाइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया