राजीनामा नदिने अडानमा ओली, यी हुन् स्थायी कमिटी सदस्यले देखाएका बाटा

बाह्रखरी

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन चौतर्फी दबाब छ ।

प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक राखेरै ओलीलाई सहज निकास दिन भनिसकेका छन् । आफैँले ‘गला’ निमोठेको, हत्या गर्न उद्यत भएको संसद्‌सामु मुख देखाउन ओलीको नैतिकताले नदिनुपर्ने हो भनेर सांसदहरूले धारणा राखेका छन् ।

“प्रधानमन्त्रीले यतिबेलासम्म नैतिकताका आधारमा राजीनामा दिइसक्नुपर्ने हो । तर, राजीनामा नदिइसकेकाले के गर्ने भन्ने अहिलेको बहसको विषय हो,” संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले भने, “संविधानको रक्षा गर्नुपर्ने सरकारको दायित्व हो । संविधानको रक्षक होइन भक्षक बन्न उद्यत रह्यो । संविधानलाई भक्षण गर्न लागिराखेको छ । त्यसको कुनै आत्मानुभूति छैन ।” 



प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने तर राजीनामा नदिने

ओलीले बोलाए नेकपा स्थायी समिति बैठक, तर राजीनामा नदिने



ई हत्या गर्ने)’ प्रवृत्ति देखियो । त्यस्तो प्रकारको प्रवृत्तिले संसद्‌मा गएर कुन हैसियतले, कुन नाकले फेस गर्ने ? कुन नाकले समर्थन गर भनेर भोट माग्ने ?” गुरूङको प्रश्न थियो ।

विभाजित नेकपाले मात्र नभई अहिले सबैजसो राजनीतिक दल, प्रबुद्ध समुदायले प्रधानमन्त्रीलाई सहज निकास दिन भने पनि प्रधानमन्त्री आफ्नो अडानमा निर्भीक रहेको उनीनिकट स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।

प्रकाशित मिति: : 2021-02-24 20:23:00

प्रतिकृया दिनुहोस्