प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने तर राजीनामा नदिने

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नगर्ने अडान राख्ने भएका छन् ।

बरु अविश्वास प्रस्ताव ल्याएमा संसद्मा त्यसको समाना गर्ने अडान प्रधानमन्त्रीले राख्ने छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको फैसलाप्रति प्रधानमन्त्रीको धारणाबारे भने, 'सर्वोच्च अदालतको फैसलाप्रति प्रधानमन्त्रीको सम्मान छ। उहाँले त्यसलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ ।'

थापाले प्रधानमन्त्रीले राजीनामा गर्ने संभावनालाई भने अस्वीकार गरे । 'तत्काल राजीनामा दिने कुरा छैन। अविश्वास प्रस्ताव आए त्यसलाई समाना गरिने छ।'

फैसलालगत्तै नेकपाको विपक्षी खेमाका अध्यक्ष प्रचण्डले ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। ओलीले भने त्यसकाे सामना गर्ने रणनीति बनाएका छन् ।

प्रकाशित मिति: : 2021-02-23 22:25:00

प्रतिकृया दिनुहोस्