सुदीक्षा खड्का
कपालको हेरचाह गर्नको लागि हामि धेरै कुराहरुको प्रयोग गर्ने गर्छौ। विभिन्न प्रकारका स्याम्पु, कन्डिसनर, हेयर क्रिम, ट्रीट्मेन्ट, आदि लगाउने गर्छौ।
धेरै जसो मानिसहरु कपाल सुन्दर र नरम राख्न मेहेन्दीको प्रयोग गर्दछन्। तर धेरैलाइ थाहानहुन सक्छ कि मेहेन्दीमा अण्डा मिसाएर लगाउदा त्यसले कपाललाई नयाँ चमक दिन्छ। साथै, कपाल बाक्लो र नरम हुन्छ।
वास्तवमा, कपालमा मात्र मेहेन्दी लगाउनाले कपाल सुख्खा र बेजान हुन्छ। तर यदि त्यसमा अण्डा मिसाएर कपालमा लागू हुन्छन् भने यसले कपालको ओसिलोपनलाई सन्तुलनमा राख्छ। साथै, कपाल अझ बलियो हुन्छ। अण्डा प्रोटीनयुक्त हुन्छ त्यसकारण यसले कपाल झर्ने क्रम बिच्छेद गर्दछ।
कपालमा पोषणको अभावका कारण कपाल पातलो र कपालमा स्टिकनेस हुन्छ। यदि मेहेन्दी र अण्डा सँगै मिसिएमा, पातलो र सेतो कपाल पनि कालो देखिंदै जान्छ।
प्राकृतिक रूपले कपाल सीधा बनाउन चाहने हो भने मेहेन्दीमा अण्डा मिसाएर लगाउन अति आवश्यक छ। कपालमा प्रयोग हुने केमिकल, ड्रायरहरू, जेल र स्ट्रेटरहरूले कपाललाई नोक्सान पुर्याउँछन्।
यदि यो क्षति कम गर्नु छ भने अण्डा मिसिएको मेहेन्दी फाइदाजनक हुन्छ। यसमा भिटामिन-ए र भिटामिन-ई सहित बायोटिन हुन्छ जसले कपाल स्वस्थ राख्न मद्दत गर्दछ।
कपाल सेतो र सुख्खा निर्जीव हुनुबाट बचाउन, मेहेन्दीमा अण्डाको पहेलो भाग मिश्रण गर्नुहोस् र रातभरको लागि छोड्नुहोस्। भोलि पल्ट बिहान यसलाई लगाउनुहोस्। कम्तिमा पनि यसलाई ३ घण्टा सम्म राखेर मात्र कपाल धुनुहोस्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया