बाँकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपालगंज उपमहानरगपालिका-२२ पुरैनीस्थित सडकमा भे.१ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक खजुरा गाउँपालिका-४ बस्ने ३६ वर्षीय चेत बहादुर थारूको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।