रवीना परियार र सन्देश रिजालको स्वर रहेको लोक दाेहोरी गीत ‘हावा डाँडैमा’ सार्वजनिक भएको छ।
गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङ र मास्टरिङ कुमार सानुले गरेका छन् भने रेकर्डिङ सागर पुनले गरेका हुन्।
उक्त गीत डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ र सञ्जिव स्वयम र करिश्मा ढकालको अभिनय रहेको छ। छायाङ्कन प्रकाश खड्काको रहेको सो गीतमा सम्पादन राजकुमार मगरले गरेका छन्।