दश जना गजलकारहरुको संयुक्त गजल संग्रह 'महफिल' बजारमा आउदै

पछिल्लो समय नेपाली साहित्यमा गजल विधा लोकप्रिय बन्दै गएको छ। पुर्व देखी पश्चिम सम्मको भुगोलबाट गजल पढ्ने र लेख्ने श्रष्टाहरुको संख्या पनि थपिदै छ।

यसै सन्दर्भमा गजलको नयाँ क्राफ्टमा उत्कृष्ट गजल लेख्दै आएका समकालीन गजलकारहरुको संयुक्त गजल संग्रह 'महफिल' प्रकाशन हुने भएको छ।

पुस्तकमा दश जना गजलकारहरु अमला अधिकारी, ईश्वर दाहाल, कृष्ण विरही, महेन्द्र चन्द्र महासागर, रसिक राज, विपीन सलामी, संगीता थापा, सुमन स्मरिका, हुकुम धड्कन र आशा यलम्बरका गजलहरु समेटिएका छन् ।

पुस्तक फागुन ८ गते (शनिबार) भृकुटीमण्डपमा सार्वजनिक गरिने प्रकाशक संस्था साँग्रीला बुक्सले जनाएको छ । 

प्रकाशित मिति: : 2021-02-16 13:01:00

प्रतिकृया दिनुहोस्