प्रेस युनियनले ग-यो पत्रकारको बिमा

Samacharpatra

नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आवद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ।

युनियनमा आवद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिए। 

'काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा रहेका पत्रकारको बिमा गरेका हौं' उनले भने, 'यसले काम गर्न हौसला मिल्नेछ।' 

एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको उनले बताए। यसअघि युनियनले सङ्गठनका सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो। जिल्लामा आफ्नो सङ्गठनमा रहेका पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ। 

प्रकाशित मिति: : 2021-02-13 11:32:00

प्रतिकृया दिनुहोस्